जब्दाहबाबा कुटी

196

धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित जब्दाह बाबा कुटी नरैनापुर–१ कटकुईयाको सुइयामा रहेको छ । ११० वर्ष पहिले पुजारी जब्दाह बाबाले यो कुटी निर्माण गरेका थिए । ९ विगाह जग्गा क्षेत्रमा यो फैलिएको छ । मानिसमा कुनै संकट, रोगब्याधि वा समस्या परेमा बाबाको कुटीमा आएर दर्शन गरे समाधान हुने जनविश्वास रहेको छ ।

यहाँ वर्षमा २ पटक कार्तिक सप्तमी र भाद्रा जन्माष्टमीमा ३ दिनसम्म भव्य मेला लाग्दछ । मेलामा पूजापाठ र किनमेल गरिन्छ । कुटीमा जब्दाह बाबाको समाधिस्थल रहेको छ भने दुर्गा माताको मूर्ति समेत छ । बाहिरी स्थलमा हिन्दू धर्मावालम्बीका विभिन्न देवी देउताका मूर्तिहरू रहेका छन् । नजिकै सानो तलाउ समेत रहेको छ । पुरानो बरपीपलको बोटसमेत यहाँ रहेको छ । यो स्थानमा समस्या र संकटमा परेका मानिस, रोगी बिरामी र बालबालिकाहरू बढी आउने गरेको बताइन्छ । इच्छा पूरा गर्न यहाँ कपडा, मूर्ति, अन्न, दक्षिणा दान गरिन्छ । कुटीको निर्माण गर्ने जब्दाह बाबाको ५४ वर्षअघि मृत्यु भएको थियो  । अहिले कुटीमा बाबाका रूपमा पुजारी रामसमुज बाबा रहेका छन् । सुरुमा पुरानो रहेको कुटी भत्किएपछि १४ वर्ष पहिले पुनः मर्मत गरिएको थियो  । यहाँ नेपालसँगै भारतका विभिन्न जिल्ला र प्रदेशबाट भक्तजनहरू दर्शन गर्न आउने गर्छन् ।

Womui
Womui