राप्तीसोनारीमा ८३ संक्रमित, ३ को मृत्यु

68

नेपालगन्ज–बाँकेको राप्तीसोनारी गाउँपालिकामा ८३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । गाउँपालिकामा रहेका संक्रमित मध्ये ४ जनालाई आइसोलेसनमा राखिएको छ भने अन्य होम आइसोलेसनमा रहेको जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले दिए ।

प्रमुख शर्माका अनुसार राप्ती सोनारी वडा नम्बर २ कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसको छात्रावासमा रहेको आइसोलेसनमा ३ जना संक्रमित राखिएको छ । जसमध्ये एकजनालाई अक्सिजन दिएर उपचार गरिरहेको प्रमुख शर्माले बताए । त्यस्तै वडा नम्बर ३ साइपुरमा रहेको आइसोलेसनमा रहेका एक संक्रमितको स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि शुक्रबार भेरी अस्पताल नेपालगन्ज रिफर गरिएको शर्माले बताए ।

Womui
Womui