डुडुवालाई रेडक्रसको सहयोग

137

डुडुवा (बाँके)– डुडुवा गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डलाई व्यवस्थापन गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइसोलेशन वार्डमा कोभिड संक्रमणका बिरामीलाई उपचार सेवामा सहजताका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

बिजुलीका लागि १० वटा सोलार लाइट सेट, तीन वटा औषधी स्प्रे मेसिन र दुई थान अस्थायी शौचालयका लागि प्यान बिहीबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले हस्तान्तरण गरे । समाग्री बुझ्दै पालिका अध्यक्ष चौधरीले गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डका बिरामीहरुलाई सेवा प्रदान गर्नमा सहजता हुने विश्वास व्यक्त गरे ।

पालिकामा सञ्चालित आपतकालीन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रम अन्तर्गत संचालित आइसोलेशन सेन्टरका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।

डुडुवा गाउँपालिकामा अहिलेसम्म ७८ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये २ जना आइसोलेशन वार्डमा उपचार गराई रहेका छन् भने ७६ जना होम आइसोलेशनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए । उनका अनुसार होम आइसोलेशनमा बस्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ भने उपचारका क्रममा बिरामीलाई साह्रै अप्ठयारो भए एम्बुलेन्समार्फत् भेरी अस्पताल रिफर गरिनेछ ।

Womui
Womui