राप्तीसोनारीका दुई कोरोना संक्रमितको मृत्यु

587

नेपालगन्ज– कोरोना संक्रमणका कारण राप्तीसोनारी गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीया एक महिला र ४२ वर्षीय पुरुष रहेको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले बताए ।

शर्माका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ निवासी ६० वर्षीया महिलाको उपचारका क्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेको आइसोलेसनमा मृत्यु भएको हो भने वडा नम्बर ५ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दोस्रो लहरको कोरोना संक्रमणका कारण राप्तीसोनारी गाउँपालिकामा पहिलोपटक दुईजनाको मृत्यु भएको हो ।

Womui
Womui