परीक्षणको दायरा बढाउन स्थानीय तहलाई आग्रह

58

काठमाडौं– कोरोना भाइरसको जोखिमयुक्त स्थानमा परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमुना संकलन गर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै गएर नमुना संकलन गर्दा थप अधिकतम ५०० सय रुपैयाँ लिन सकिनेछ । यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने छ ।

Womui
Womui