थप कोरोना संक्रमित भर्ना गर्न मेडिकल कलेज असमर्थ

58

नेपालगन्ज–कोरोना भाइरसका नयाँ संक्रमितलाई नेपालगन्ज मेडिकल कलेजले भर्ना र असमर्थ रहेको जनाएको छ । कलेजले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

लिक्विड अक्सिजन अभाव भएपछि नयाँ संक्रमितलाई भर्ना गर्न नसकिने कलेजले जनाएको छ । प्रवन्ध संचालक शुरेस कुमार कनोडियाका अनुसार सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याँक सकिएको र भारतवाट आउन नसकेकोले यस शिक्षण अस्पतालले हाल उपचार गराईरहेका बाहेक थप कोरोना विरामी भर्ना गर्न असमर्थ रहेको बताउका छन् ।

सरकारले भारतबाट लिक्विड अक्सिजन ट्याँक यथासक्य उपलब्ध गराए तीन सय बेडको आइसोलेसन संचालन गरी कोरोना बिरामी भर्ना थाल्ने अस्पतालले जनाएको छ ।

Womui
Womui