राप्तीसोनारीमा ४५ को स्वाब संकलन

59
राप्तीसोनारी गाउँपालिकामा कर्मचारीको स्वाब संकलन गरिँदै ।

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकामा कोरोना भाइस (कोभिड–१९) को लक्षण देखिएका ४५ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमित प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी र उनीहरुसँग सम्पर्कमा आएका ४५ जनाको स्वाब संकलन गरेर भेरी अस्पतालमा पठाइएको हो ।

गाउँपालिकामा रहेका कोरोना संक्रमित जनप्रतिनिधि एवम् कर्मचारीसँग सम्पर्कमा आएका व्यक्तिहरुको गाउँपालिका, वडा नम्बर ४, वडा नम्बर ६, वडा नम्बर ८ र वडा नम्बर ९ बाट स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले जानकारी दिएका छन् । प्रमुख शर्माका अनुसार स्वाब संकलन गरिएकालाई स्वास्थ्य मापदण्डको पालना गरेर रिपोर्ट नआउन्जेल होम आइसोलनमा बस्न आग्रह गरिएको छ ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको प्रमुख शर्माले बताए । ४५ शैय्‍याको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा रहेकाले केही अप्ठेरो महसुस भए गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत एवम् स्वास्थ्यकर्मीलाई जानकारी गराउन गाउँपालिकावासीमा प्रमुख शर्माले अनुरोध गरेका छन् ।

Womui
Womui