आइसोलेसनमै राख्नु पर्ने संक्रमित छैनन्ः प्रमुख शाही

99

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ७७ पुगेको छ । लक्षण नदेखिएका २४ महिला र ५३ जना पुरुष होम आइसोलेसनमा रहेको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले दिएका छन् ।

कोरोनाका गम्भीर संक्रमितलाई नआत्तिन आग्रह गर्दै प्रमुख शाहीले गाउँपालिकाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा खटाइएको जानकारी दिए । गाउँपालिकाको स्वास्थ्य संयन्त्रलाई बलियो बनाएको बताउँदै प्रमुख शाहीले अक्सिजनसहितको ४५ शैय्‍याको आइसोलेसन गाउँपालिकामा निर्माण गरिएको जानकारी दिए । प्रमुख शाहीका अनुसार राप्तीसोनारी वडा नम्बर ३ साइपुरको सेल्टर भवनमा १५, वडा नम्बर ५ मा १०, वडा नम्बर २ कचनापुरको लक्ष्मी सामुदायिक बहुमुखी क्याम्पसको छात्रावासमा १५ र राप्तीसोनारी अस्पतालमा ५ शैय्‍याको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा रहेको छ ।

अहिलेसम्म बेडमै भर्ना हुने खालका कोरोना संक्रमित गाउँपालिकामा नदेखिएता पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन तयारी अवस्थामा राख्नुका साथै कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने जनचेतनामूलक सन्देश विभिन्न माध्यमद्वार प्रवाह गरिएको जानरीकारी प्रमुख शाहीले दिए ।

तस्बिरः सामाजिक सञ्जाल

Womui
Womui