एक हप्ता लम्बियो निषेधाज्ञा

57

नेपालगन्ज– बाँकेमा एक हप्ताका लागि निषेधाज्ञा लम्बिएको छ । दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।
यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र लागू हुने गरी गरिएको लकडाउन कोरोना संक्रमित हुनेको दर बढ्दै गएपछि १३ गते बसेको आकस्मिक बैठकले वैशाख २० गतेसम्म बाँके जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

एक हप्ता निषेधाज्ञा लम्बिएसँगै वैशाख २७ गते राति १२ बजेसम्मको अवधि तोकिएको छ । निषेधाज्ञा अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अनुमति प्राप्त सवारी साधनमात्र संचालन गर्न पाइने छ ।

Womui
Womui