पोषण सुधारका लागि १५ सय कुखुरा वितरण

186

नेपालगन्ज– पोषण सुधारका लागि १५ सय कुखुरा वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा ७ लालपुरका ३० जना महिलालाई उक्त कुखुरा वितरण गरिएको हो ।
ग्रामीण क्षेत्रका महिला आयआर्जन टेवा पुगोस् भन्ने उद्देश्यले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जको सहयोग र पीडित जनसेवाको समन्वयमा उक्त कुखुरा वितरण गरिएको पीडित जनसेवाका अध्यक्ष रेशम परियारले बताए । ३० जना महिलालाई प्रतिव्यक्ति ५० वटा लोकल कुखुराका दरले वितरण गरिएको छ । कृषि तथा पशुपंक्षी समूहका अध्यक्ष शान्ता नेपाली, कृष्ण कुँवर, बर्षाती खानलगायत ४० जना महिलाको उपस्थिति कुुखुरा वितरण गरिएको हो ।

यसैबीच उनीहरुलाई कुखुरा पालन तालिम पनि दिइएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका भेटेनरी डाक्टर रुपेन्द्रकुमार ओलीले कुखुरा पालनमा ध्यान दिनु पर्नेलगायतका कुराबारे तालिम दिएका थिए । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीको प्रमुख अतिथ्यमा तथा कृषि तथा पशुपंक्षी समूहका अध्यक्ष शान्ता नेपालीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिएकी थिइन् । कोरोना महामारीमा पनि संचालन भएको तालिममा पुगेर सहयोग गर्नु प्रशंसनीय भएको पीडित जनसेवाका अध्यक्ष रेशम परियारले बताए ।

Womui
Womui