५० शैय्‍याको आइसोलेसन बनाउँदै उपमहानगरपालिका

36

नेपालगन्ज / नेपालगन्जमा कोरोना सक्रमितको सख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले तत्काल अक्सिजनसहितको ५० शैय्‍याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ । नेपालगन्ज उमपहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिका बैठकले नगरमा कोरोना संक्रमितको स्वास्थ्य उपचारको सहजताका लागि तत्काल आइसोलेशन सेन्टर तयार गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले दिएको जानकारी अनुसार सो आइसुलेशन सेन्टर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित होटल व्हाइट हाउसमा निर्माण गरिने भएको हो । सोमबारदेखि नै निर्माण कार्य शुरु गरी हप्ता दिनभित्र आईसुलेसन सञ्चालनमा ल्याउने तयारी नेपालगन्ज उपमहानगरपालिकाको छ । आईसोलेसन सञ्चालन आएपछि डाक्टरसहित स्वास्थ्कर्मीको टोली खटाइने उपमहानगरपालिकाले जनाएको छ।

Womui
Womui