राप्तीसोनारीका जनप्रतिनिधि र कर्मचारीसहित १६ लाई कोरोना संक्रमण

461


शमशेरगन्ज–बाँकेमा कोरोना संक्रमित दिनप्रतिदिन बढेसँगै राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसहित १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडा नम्बर ९ का वडाअध्यक्ष महावीर ओली, लेखा अधिकृत गौरब कुमार लामिछाने, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने र वडा नम्बर ८ का वडा सदस्य तारा बिकलगायत स्वास्थ्य शाखा, जिन्सी शाखाका कर्मचारी रहेका छन् । यस अघि गाउँपालिकाका अध्यक्ष लाहुराम थारु लाई कोरोना संक्रमण भएको छ । अध्यक्ष थारु अहिले होम आइसोलेसनमा रहेका छन् ।

गाउँपालिकाका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि कन्ट्रक्याट ट्रेसिङको आधारमा जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । बुधबार लिइएको स्वाब संकलनमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यस घडीमा छिनछिन पब्लिकेसन प्रालि संक्रमित सबैको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ ।

Womui
Womui