कोरोना संक्रमणको व्यवस्थापन गर्न प्रशासनको ध्यानाकर्षण

281

नेपालगन्ज–बाँकेका नागरिक समाजका अगुवाले विभिन्न माग राख्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

सीमा नाका हुँदै नेपाल भित्रिएका नागरिकहरुको कोभिड–१९ को संक्रमण भए/नभएको सुनिश्चितताको लागि आवश्यक परीक्षण गर्नु पर्ने, सबै स्थानीय तहमा आवश्यक संख्यामा स्वास्थ्य मापदण्डसहित क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरु निर्माण गर्ने, सार्वजनिक तथा भिडभाड हुने स्थानमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पालना गराउनु पर्ने, सामाजिक भेटघाट, होटेल, रेस्टुरेन्ट, खाद्यान्न किराना पसलमा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्न लगाउने, सार्वजनिक सचेतनाका लागि कोभिड १९ सम्बन्धी सूचनाहरु आमसञ्चार माध्यम र चोक चोकबाट माइकिङ गर्ने, सार्वजनिक यातायातमा अनिवार्य रूपमा स्यानिटाइजर राख्न लगाउने तथा यात्रुहरुले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने, सिट संख्या भन्दा बढी यात्री राख्न नपाउने कुराको व्यवस्था गर्नु पर्ने, संक्रमित महिला, गर्भवती महिला, एकल महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दीर्घ रोगी, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकहरु अति विपन्न वर्गहरुलाई क्वारिन्टाइन तथा आइसोलेसन केन्द्रमा प्राथमिकतामा राखेर उपचार गर्नको लागि पहल गनुपर्ने लगायत माग रहेको छ ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको नागरिक समाज अगुवाको समूहले स्थानीय प्रशासनको ध्यानकषर्ण गरएको हो । ज्ञापन पत्र बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले यसबारे आवश्यक छलफल गरी कार्यान्वयनतर्फ पहल गर्ने प्रतिबद्धता दिएका छन् । नागरिक समाजका अगुवाहरुको मंगलबार बसेको बैठकले कोरोना संक्रमणको महामारी भयावाह स्थितिमा पुग्न लागेको भन्दै समयमा सावधानी अपनाउन र जोखिम न्युनीकरणका लागि स्थनीय प्रशासनको ध्यानाकषर्ण गराउने निर्णय भएको थियो ।

Womui
Womui