उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

269

नेपालगन्ज / कोरोना कहरलाई मध्यनजर गर्दे उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ । उच्च अदालत तुलसीपुर , नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीशको अध्यक्षतामा सबै न्यायधीशहरु, उच्च सरकारी वकिल कार्यालय, नेपालगन्जका प्रतिनिधि र उच्च अदालत बार एशोसिएसन नेपालगन्जका पदाधिकारीहरुको बुधवार बसेको बैठकले सो निर्णय गरेको उच्च अदालत बार एशोसिएसन नेपालगन्जका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बाँकेबाट निषेधाज्ञा जारी गरेकाले सो अवधिभर बन्दीप्रत्यक्षीकरण , कोभिड १९ सँग सम्बन्धित रिट निवेदन, पक्राउ पूर्जी जारी, जरुरी पक्राउ पूर्जी समर्थन, अभियोगपत्र दर्ता, बयान र थुनछेक आदेशका कार्यबाहेक अदालतबाट प्रवाह हुने सबै सेवा स्थगन गर्ने निर्णय भएको बारका अध्यक्ष श्रेष्ठले बताए ।

Womui
Womui