बाँकेमा बस र टिप्पर ठोक्किँदा ५ को मृत्यु ७ गम्भीर

291

नेपालगन्ज– विपरीत दिशाबाट आइरहेको यात्रुबाहक बस र टिप्पर ठोक्किँदा यो समाचार तयार पार्दासम्म ५ को मृत्यु भएको छ भने ७ गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका  कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।  बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ गइरहेको मे१ख ३३४७ नम्बरको बस र शम्शेरन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्पर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ का २१ वर्षिय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षिय खगेन्द्र सुनार, सुर्खेतको साटाखानीका ४० वर्षीय जीवन विक, झापाको मेचीनगर नगरपालिका–१० का बसधनी ४५ वर्षीय छत्र कटुवाल रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यस्तै एक जना अन्दाजी ३५ वर्षीय भारतीय महिलाको मृत्यु भएको छ। उनको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। त्यस्तै मृतक मध्ये कोहलपुरका दुई जना टिप्परमा सवार थिए भने अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‌याएलगत्तै मृत्यु भएको  इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कोहलपुर प्रहरीका अनुसार दुर्घटनास्थलबाट ४७ जना घाइतेको उद्धारकालागि २ वटा क्रेन र ३ वटा स्काभेटर प्रयोग गर्नुपरेको जनाएको छ ।

Womui
Womui