महिला जनप्रतिनिधिलाई परिवर्तित कानुनबारे अन्तर्क्रिया

244

नेपालगन्ज–बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेका महिला जनप्रतिनिधिलाई कानुनबारे अन्तक्र्रिया गरिएको छ । राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा स्वाङ्गीर्ण सेवा समाज बाँकेको समन्वयमा राप्ती सोनारी गाउँपालिकामा रहेका ९ वटा वडाका महिला जनप्रतिनिधिलाई महिला सम्बन्धी बनेका पछिल्ला परिवर्तित कानुनबारे तीन दिने अन्तक्र्रियात्मक कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले ब्यानर पढेर उद्घाटन गरेका थिए । त्यस क्रममा अध्यक्ष थारुले गाउँठाउँमा हुने घटना न्यूनीकरणका लागि गाउँपालिकामा स्थापित न्यायिक समितिलाई सशक्त बनाउन आवश्य पर्ने हरकदम उठाउन आफू तयार रहेको बताए । उनले महिला सम्बन्धी बनेका पछिल्ला परिवर्तित कानुनबारे जानकारी दिने उद्देश्यले सुरु भएको अन्तक्र्रिया कार्यक्रम सार्थक बन्न सकोस् भन्दै शुभकामना दिए । जनप्रतिनिधिहरुले यस्ता कानुनको बारेमा जानकारी लिन आवश्यक छ त्यसका लागि गाउँपालिकाले बजेट विनियोजना जस्ता सम्पूर्ण काम गर्न तत्पर रहेको अध्यक्ष थारुले बताए ।

गाउँघरमा अपराधिक घटना घटे कानुनबारे जानकारी नहुँदा ती घटना न्याय प्रक्रियासम्म नपुग्न नसकेको बताउँदै जिल्ला अदालत बाँकेका न्यायाधीश मनकुमारी जिएम(बिके)ले कानुनी व्यवस्था केही परिवर्तित भएकाले त्यसबारे खोजी गर्न जनप्रतिनिधि जागरुक हुनु पर्ने बताइन् । महिला सम्बन्धी बनेका पछिल्ला परिवर्तित कानुनबारे बोल्दै उनले गाउँघरमा हुने घटनालाई न्याय संगत समाधान गर्नु पर्नेमा जोड दिइन् ।

अभिमुखीकरणमा बोल्दै कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले जनप्रतिनिधिहरुले कानुनको बारेमा जानकारी लिन आवश्यक रहेको बताइन् । उनका अनुसार यसरी जनप्रतिनिधिलाई सम्पूर्ण वडाबाट छानेर सबै वडाका न्यायिक समितिमा आबद्ध महिला जनप्रतिनिधिलाई तालिम दिँदा कतिपय घटना वडामै मिल्ने भएकाले आफूलाई काम गर्न सजिलो हुने र बचेको समयमा अन्य विकास निर्माणका काममा ध्यान दिँदा समग्र गाउँपालिकाको विकास निर्माणमा सहयोग पुग्ने बताइन् ।

त्यस्तै राप्तीसोनारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दर्लामीले परिवर्तित कानुनमा महिलाका हक अधिकारसँग सम्बन्धित अन्तक्र्रिया कार्यक्रम प्रभावकारी हुने बताउँदै सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिइन् ।

Womui
Womui