मालपोतमा बम विस्फोट गराउने पक्राउ

60

सिराहा– मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । गत चैत १ गते जिल्लाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरी पक्राउ परेका हुन् । प्रदेश २ प्रहरी कार्यालयका अनुसार उनीहरु यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको बताएको छ ।

Womui
Womui