राप्तीमा डुबेर एकको मृत्यु

39

शमशेरगन्ज– राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका-५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दीपक वैश्यको मृत्यु स्थानीय खिम खत्रीले जानकारी दिए ।

राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै वैश्य पौडी खेल्नेक्रममा सोमबारदेखि बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा वैश्यको बुधबार मात्र शव फेला पारेको हो ।

Womui
Womui