कोरोनालाई ‘निस्तेज’ गर्ने तयारीमा नरैनापुर

162

नरैनापुर– कोरोना संक्रमणले बाँकेमा सबैभन्दा नरैनापुर गाउँपालिकालाई आक्रमण गर्यो् । भारतबाट आएका युवाको मृत्यु भएपछि गाउँपालिकाको लापरबाही गरेको समेत आरोप खेप्नु परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साह बताउँछन् । गाउँपालिकाले सरकारद्वारा जारी निर्देशनको पालना गरेर क्वारेन्टाइनमा राख्दा समेत कोरोनाको आक्रमणले मृत्युवरण गरेपछि पूरै गाउँ शोकमग्न बनेको तीतो अनुभव सुनाउँछन् अध्यक्ष साह ।

अध्यक्ष साहका अनुसार एकातर्फ आर्थिक अभाव थियो भने अर्कोतर्फ बिजुली बत्ती नहुँदा मापदण्ड अनुरुपको क्वारेन्टाइन बनाउन नसकेका थिएनौं भने कोरोनाका संक्रमित दिन दुई गुना रात चौगुणाका हिसाबले बढ्दा निकै तनाव झेल्नु परेको थियो ।

विगतमा जे जस्तो दुःख र अभाव खेपे पनि त्यतिबेला चौतर्फीबाट पाएको सहयोगले नै नरैनापुरवासीले राहत पाएको बताउँदै उनले छिमेकी राष्ट्र भारतलगायतका देशमा पुनः कोरोनाको संक्रमण बढ्दै गएकाले गाउँपालिका कोरोनालाई निस्तेज गर्न तयारी अवस्थामा रहेको बताउँछन् । कोरोनाको संक्रमणलाई निस्तेज गर्न गाउँपालिकाले कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पालिका अन्तर्गत आदर्श मावि लक्ष्मणपुर, नमुना प्रावि मोतीपुर र नेराप्रावि खोदावालाई क्वारेन्टाइनका रुपमा व्यवस्थापन गरिएको बताए । सबै सार्वजनिक निकाय शिक्षण संस्था तथा व्यवसायिक फर्म तथा पसलहरुमा अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड (स्यानीटाइजर), मास्क, भोतिक दूरी० लगायत पालना गर्ने गराउनेलगायतका जनचेतनामूलक सन्देश प्रवाह गरिएको बताउँछन् ।

त्यस्तै प्रत्येक व्यक्तिले घर बाहिर निस्किँदा सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने, सीमा नाकाबाट आउने यात्रुहरुले आवतजावतलाई व्यवस्थित गरी दैनिक अभिलेख राख्नको लागि सुइया नाका, घोडद्यरिया नाका, हुलासपुर्वा नाकामा हेल्थ डेस्क स्थापना गर्ने र नेपालमा प्रवेश गर्ने सबै यात्रुहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

सामान्य अवस्थाका यात्रुहरुमा लक्षण देखिएकोमा कम्तीमा १० दिन स्वास्थ्य मापदण्ड पूरा गरी होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने र कोभिड १९ संक्रमित देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा रहेको कोभिड १९ अस्थायी अस्पतालमा आइसोलेसन गर्ने व्यवस्था गरिएको अध्यक्ष शाहले जानकारी दिए ।

Womui
Womui