ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कृष्णसारले मनायो वार्षिक उत्सव

164

नेपालगन्ज–रेडियो कृष्णसार एफएमले १२ वर्षको यात्रा पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वर्ष प्रवेशका अवसरमा एफएमले यस वर्ष कुनै औपचारिक कार्यक्रम गरेन । तर सामाजिक तथा परोपकारी सेवाको उद्देश्यले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
रेडियोले बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई शनिबार फलफूल, मिष्ठान भोजन र सामान्य यातायात खर्चबापत रकम वितरण गरेको छ । बढैयातालको कालिकास्थित सुदामा वृद्धा सतसंग समूहमा रहेका ज्येष्ठ नागरिकको सम्मानमा फलफूल वितरण गरिएको कार्यक्रम संयोजक माधव अधिकारीले बताए ।
एफएम कार्यालय र कृष्णसारकर्मीको संयुक्त पहलमा उक्त ज्येष्ठ नागरिकलाई फलफुल तथा मिष्ठान वितरण गरिएको हो । सतसंगमा रहेका करिब ७० ज्येष्ठ

नागरिकलाई एफएम सञ्चालन गरेको संस्था समुदायका लागि सञ्चार अभियान नेपालका अध्यक्ष राकेशकुमार मिश्र, महासचिव तथा कार्यक्रम संयोजक माधव अधिकारी, सदस्य रामप्रसाद आचार्यलगायत कर्मचारीहरुले ज्येष्ठ नागरिकलाई भोजन वितरण तथा खादाले सम्मान गरेका थिए ।

सतसंगका अध्यक्ष टुकप्रसाद घिमिरेको अध्यक्षतामा गरिएको वितरण कार्यक्रमको संचालन सचिव कमला सापकोटाले गरेकी थिइन् । रेडियोले वार्षिकोत्सवका अवसरमा होटल रेष्टुरामा गरिने खर्चको कटौती गर्दै यस वर्ष सामाजिक सेवा तथा परोपकारी कार्यको सुरुवात गरेको छ ।
एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले रेडियोलाई निरन्तर माया, सहयोग र सहकार्यका लागि सम्पूर्ण स्रोता, सहयोगी, विज्ञापन दाता, सरकारी तथा गैरसरकारी क्षेत्र, सञ्चारकर्मी, एफएम परिवारलगायत सबैमा हार्दिक धन्यबाद र बधाई दिए । एफएमले स्रोता र सुभेच्छुकहरुको सुझाव र चाहनालाई सम्मान गर्दै प्रसारण सामाग्रीमा निरन्तर सुधार र परिमार्जन गर्दै आएको छ । कृष्णसार जत्तिकै तेज नाराका साथ १२ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले अरु भन्दा भिन्न, अरु भन्दा अघिको पहिचान बनाएको छ ।

Womui
Womui