एकाउन्टबिलिटीको तीन व्यक्ति ‘कोभिड हिरो’

78

नेपालगन्ज–कोभिड १९ संक्रमणको समयमा देशैभरि कोभिड रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने तीन स्वास्थ्य कर्मचारीलाई एकाउन्टबिलिटी ल्याब काठमाडौंले ‘कोभिड हिरो’को दर्जाबाट सम्मान गरेको छ । यसरी उक्त ‘कोभिड हिरो’मा दर्ज हुनेमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका पूर्व फोकल पर्सन तथा हाल स्वास्थ्य कार्यालय बर्दियामा रहेका नरेशबाबु श्रेष्ठ, जलेश्वर अस्पताल महोत्तरीका स्टाफ नर्स चण्डिका अधिकारी र धनगढी उपमहानगरपालिकाका कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्याय रहेका छन् ।

बिहीबार एक कार्यक्रमका बीच एकाउन्टबिलिटीले पहिलोपटक उत्कृष्ट तीन कर्मचारीलाई कोभिड हिरोको रूपमा घोषणा गरेको छ ।

नेपालका उत्कृष्ट निजामति कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत लामो समयदेखि इन्टिग्रीटी आइकन छनौट गर्दै आएको एकाउन्टबिलिटी ल्याबले कोभिड हिरोका लागि आम नागरिकबाट आएको नोमिनेशनको आधारमा उनीहरुको कामको अध्ययन गर्दै अन्तिम तीन जनालाई कोभिड हिरो घोषणा गरेको हो । एकाउन्टबिलिटी ल्याबले दिएको जानकारी अनुसार कोभिड हिरोका लागि ३४ जिल्लाका ११५ जना स्वास्थ्यकर्मीको नाम नोमिनेशनमा परेको थियो ।

Womui
Womui