यौन दुव्र्यवहार गर्ने सैनिक जनरल बर्खास्त

119


छिनछिन खबर
काठमा
डौं–नेपाली सेनाले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको आरोप पुष्टि भएपछि सहायक रथी पंकज कार्कीलाई बर्खास्त गरेको छ । कार्कीसँगै यौन दुव्र्यवहारमा परेको घटना लुकाउने दुई महिला सैनिक पनि बरखास्तीमा परेका छन् । उक्त घटना खुलेपछि अनुसन्धान गर्न गठन भएको कोर्ट अफ इन्क्वायरीले कार्की सुडानमा शान्ति मिसनमा खटिदा र नेपाल आएपछि २८ नम्बरको बाहिनीपती हुँदा यौन दुव्र्यवहार गरेको पुष्टि भएपछि बर्खास्त गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सो घटना पीडितबाट सङ्गठनले जानकारी नपाई उनी बाहिनीपती हुँदा सहायक बाहिनीपतीसँग विवाद हुँदा हेडक्वार्टरले घटनाबारे जानकारी पाएको थियो । कोर्ट अफ इन्क्वायरीको क्रममा यौन दुव्र्यवहारमा परेकामध्ये एक महिला अधिकृतको आचरण समेत सङ्गठन अनुकूल नभएको देखिएपछि उनलाइसमेत बर्खास्त गरेको पौडेलले जानकारी दिए । नेपाली सेनामा यौन दुव्र्यवहारको घटनामा परेर सैनिक अधिकृतलाई बर्खास्त गरेको यो पहिलो घटना भएको बताइएको छ । कार्कीले महिला सैनिकको यौन दुर्व्यवहार गरेको विषय बाहिनीमा बाहिरिएपछि उनले सूचना चुहाएको भन्दै आफ्नै बाहिनीका सहायक बाहिनीपति रामचन्द्र कार्की विरुद्ध आन्तरिक छानबिन सुरु गराए ।

यो विषयमा विवाद बढेपछि सो घटना मध्य–पूर्वी पृतनामा पुगेको थियो । सैनिक अधिकृतबीचको विवादसँगै यौन दुर्व्यवहार समेत जोडिएपछि सो प्रकरण सैनिक मुख्यालय आइपुग्यो । सैनिक मुख्यालयले सो घटनाको छानबिन गर्न कोर्ट अफ इन्क्वायरी गठन ग¥यो । कोर्ट आफ इन्क्वायरीमा रहेकाहरूले कार्कीसहित पीडित देखिएका २ जना महिलामाथि अनुसन्धान गर्दा घटना पुष्टि भएपछि दोषी ठह¥याउँदै बर्खास्त गरियो । त्यस्तै महिला सैनिक अधिकृतको आचरण सङ्गठनको अनुशासन अनुकूल नदेखिएको भन्दै उनलाई पनि बर्खास्त गरेको थियो ।

Womui
Womui