एसिड आक्रमण पीडित मुस्कान खातुनले जितिन् अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

104


छिनछिन खबर
काठमा
डौँ– एसिड आक्रमण पीडित मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जितेकी छन् । अमेरिकी दूतावासले मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्ने भएको हो । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गर्नेछन् ।

व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाले उक्त पुरस्कारबाट सम्मान गरिन्छ । यसका अघिल्ला विजेताहरू मध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन्, जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन् ।


सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा विरगन्जकी मुस्कान एक किशोरको प्रेम–प्रस्ताव अस्वीकार गरेकोमा एसिड हमलाको सिकार भएकी थिइन् । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो। उनको स्वास्थ्यलाभ पीडादायी थियो र आजका दिनसम्म पनि जारी छ ।


यसका बाबजुद मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेकोले पुरस्कारको लागि छनौट गरेको दूतावासले जनाएको छ । उनले प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेट पनि गरेर एसिड हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरेकी थिइन् । मुस्कानलाइ फागुन २४ गते पुरस्कार प्रदान गरिने दूतावासले जनाएको छ ।

Womui
Womui