अब विप्लप माओवादी शान्तिपूर्ण राजनीतिमा

248


छिनछिन खबर
काठमा
डौं–सशस्त्र आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले अबदेखि शान्तिपूर्ण राजनीति गर्ने भएको छ । सरकार र विप्लप माओवादीबीच सहमति भएपछि यस्तो निर्णय भएको हो । पिसरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।

सहमतिअनुसार विप्लप समूहका नेता–कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता हुनेछन् । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ’बादल’ र विप्लप समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लपले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम छ ।

Womui
Womui