रक्तदानमा सक्रिय जनमत अर्द्धसाप्ताहिक

125

नेपालगन्ज– नेपालगन्जबाट प्रकाशन हुँदै आएको जनमत अर्ध साप्ताहिकले १५ वर्षदेखि नियमित रक्तदान गर्दै आएको छ । ग्लोबल बचत तथा ऋण सहकारीको सहयोगमा मंगलबार भएको ४८ औं श्रृंखलाको उद्घाटन गर्दै पत्रिकाका सम्पादक पूर्णलाल चुकेले रक्तदान जीवन दान भन्ने मूल मर्मलाई जीवन्त बनाउने प्रयास निरन्तर रहने बताए ।

अर्धसाप्ताहिकले अहिलेसम्म दुई हजार पाँच सय प्वाइन्ट रगत जम्मा गरिसकेको छ । हरेक तीन–तीन महिनामा रक्तदान कार्यलाई निरन्तरता दिनु अर्धसाप्ताहिक पत्रिकाको प्राथमिकतामा परेको छ । एघार वर्षसम्म पत्रिकाले सहयोगबिना नै रक्तदान गर्दै आएको पत्रिकाका सम्पादक चुकेले बताए । एघार वर्षसम्म पत्रिकाले सहयोगी बिनै रक्तदान गर्दै आएको थियो । अहिले पत्रिकासँग विभिन्न सहयोगी हातहरु जोडिएको सम्पादक चुकेले बताए ।

Womui
Womui