पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सहमति नभएसम्म शव नबुझ्ने अडान

74

नेपालगन्ज/ सोमबार ढकेरीमा टिप्परको ठक्करबाट मृत्यु भएका परिवार र आफन्तले राप्ती सोनारी गाउँपालिका ८ बालापुर चोकमा आगो बालेर चक्का जाम गरेका छन् ।दोषीलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने, पीडितलाई क्षतिपूर्तिका लागि पहल गरिने भने पनि टिप्पर मालिक सम्पर्कमा नआएकाले उनीहरुले पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । मंगलबार दिउँसो केहीबेर सहमतिका लागि स्थानीयले बन्द फिर्ता लिए पनि माग पूरा नभएको भन्दै पुनः साँझ साढे ५ बजेबाट सडक अवरुद्ध पारेका हुन् । आन्दोलनमा उत्रिएका स्थानीयले पीडित पक्षसँग सहमति नभएसम्म मृतकको शवसमेत नबुझ्ने बताउँदै आएका छन् ।

दुर्घटनामा घाइतेको पूर्ण रूपमा उपचार हुनु पर्ने, मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने र छोराछोरीको शिक्षाको ग्यारेन्टी हुनु पर्ने माग पीडित पक्षको रहेको छ । मृतकका दुईओटा वृद्ध आमा छन् भने मृतकको श्रीमती मुटु रोगबाट ग्रसित छिन् । घरको कमाउने एक मात्र व्यक्ति सडक दुर्घटनामा अकालमै मरेपछि घर परिवारको भरणपोषणमा समस्या आएको मृतकका आफन्त भूपेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार पीडक पक्षले परिवारको भरणपोषणको पनि जिम्मा लिनु पर्छ । जबसम्म पीडितको माग पूरा हुँदै तबसम्म मृतकको लाश पनि नबुझने अडान मृतकका आफन्तले लिँदै आएका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना८ख ५४५६ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको भेप३७५५ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको थियो । दुर्घटनाबाट मोटरसाइकलमा सवार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको हो भने उनका दाइ ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएका थिए ।

Womui
Womui