चालु शैक्षिक सत्र जेठ मसान्तसम्म

219


छिनछिन खबर
काठमाडौं
–२०७७ को शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म कायम गरिएको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट यस्तो गरिएको हो । सरकारले शिक्षा (नवौँ संशोधन) नियमावलीमा महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले संशोधित नियमावलीअनुसार शिक्षामन्त्रीस्तरीय निर्णयबाट चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म लम्ब्याइएको जानकारी दिए । उनका अनुसार अब कक्षा ८, एसइई, कक्षा ११ र १२ का वार्षिक परीक्षा आगामी जेठ मसान्तभित्र गरिसक्नुपर्नेछ । शर्माले विद्यार्थीले जुन विद्यालयबाट सिकाइ गरेको सोही विद्यालयबाट एसइईमा सम्मिलित हुन पाउने स्पष्ट गरे ।

Womui
Womui