भागरथीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा दिनेश भट्ट पक्राउ

171


छिनछिन खबर
काठमाडौं
–बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले छिमेकी दिनेश भट्टलाई पक्राउ गरेको छ । भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले पक्राउ गरेको हो । दुई साताअघि विद्यालयबाट घर फर्कने क्रममा भागरथीको बलात्कार गरी हत्या भएको थियो । शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो ।


सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीले आरोपी दिनेशले अपराध स्वीकार गरिसकेको बताए । सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनी भागरथीका छिमेकी हुन् । पोस्टमार्टम रिपोर्टले पनि उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दिनेशले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन् ।

Womui
Womui