भारतीय कम्पनीबाट २० लाख डोज कोरोना भाइरसविरुद्ध खोप किन्ने सरकारको निर्णय

152


छिनछिन खबर
काठमाडौं–
सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने समेत निर्णय गरेको छ । नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको भारतको सेरम इन्स्टिच्युटसँग सरकारले २० लाख डोज खोप किन्ने तयारी गरेको हो । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको उक्त कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो ।

सोही सर्त अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । मन्त्रालयको उक्त प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको हो । सुरुमा सेरमले प्रति डोज ४ अमेरिकी डलरमा ४ खोप उपलब्ध गराउने भएको छ । काठमाडौंसम्म कम्पनीले नै खोप ल्याइदिने बताइएको छ ।

Womui
Womui