स्रोत नखुलेको रकमसहित सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख पक्राउ

190


छिनछिन खबर
काठमाडौं
–स्रोत नखुलेको रकमसहित सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको १ लाख ९० हजार नगद रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।


आयोगले श्रेष्ठसहित इन्जिनियर निर्मल पन्त, सबइन्जिनियर प्रेमकुमार बराल र हलुका सवारी चालक मानसिंह पुनमगर पनि पक्राउ परेका छन् । श्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रूपन्देहीको सैनामैना नगरपालिका( १० स्थित पूर्वपश्चिम राजमार्गको कोठी वनबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको अयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए

Womui
Womui