त्रिविमा फागुन अन्तिम सातादेखि भौतिक उपस्थितिमा पढाइ

204


छिनछिन खबर
काठमाडौं
–त्रिभुवन विश्वविद्यालयले फागुन अन्तिम सातादेखि स्नातक र बैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रूपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए ।

उनले कोभिड–१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्चालन गर्न थालिएको बताए । उनका अनुसार केही क्याम्पसले स्थानीय तहको स्वीकृत लिएर पहिल्यैदेखि नै पठनपाठन शुरु गरिसकेका छन् । त्रिविअन्तर्गत देशभरि एक हजार एक सय २४ क्याम्पस छन् ।

Womui
Womui