बाँकेमा बृहत् नागरिक विरोध सभा गरिने

217

नेपालगन्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रतिगमनविरुद्धको कदम भएको भन्दै बाँकेका नागरिक समाजका अगुवाहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । संविधान विपरीत प्रधानमन्त्रीले गरेको संसद विघटनको घटनाले मुलुकको कानुनलाई समेत बेवास्ता गरेको उनीहरुको ठहर छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारीको नेतृत्वमा जिल्लामा उपलब्ध नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरुको बैठकले विरोध गर्ने निर्णय गरेको छ । बैठकले यही माघ १९ गतेका दिन नेपालगन्जमा बृहत् नागरिक विरोध सभा गर्ने निर्णय गरेको छ ।
सो सभाको तयारीलगायतका बारेमा अन्य सरोकारवाला निकायसँग समेत छलफल गर्ने अध्यक्ष तिवारीले बताए । बैठकमा सहभागीले मुलुकमा उत्पन्न परिस्थितिका बारेमा आआफ्नो भनाइ राखेका थिए । प्रधानमन्त्रीको कदमविरुद्ध अहिले देशव्यापी रूपमा राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाजलगायत सबै क्षेत्रले विरोध गरिरहेका छन् ।

Womui
Womui