डुडुवाले वितरण गर्‍यो घरदैलोमै व्यक्तिगत घटना प्रमाणपत्र

111

नेपालगन्ज–बाँकेको डुडुवा गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडा नं.२ सन्तलिया गाउँका दिलराज भुजवाका छोरा प्रदीप गुप्ताको जन्मदर्ता प्रमाणपत्र प्रदान गर्दै वितरणको कार्य शुभारम्भ गरेका हुन् ।
जन्मदर्ता प्रमाणपत्र वितरण गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट वञ्चित नहुन भनेर घरघरमै सेवा पु¥याउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत् घटना दर्ता प्रमाणपत्र वितरण सुरु गरिएको बताए । गाउँपालिकाले केही दिन अघि अनलाइन व्यक्तिगत घटना दर्ताको विवरण संकलन गरेको थियो । विवरण संकलनपछि अनलाइनमा दर्ता गरी प्रमाणपत्र बनाएर अहिले घरदैलोमै पुगेर वितरण सुरु गरिएको स्थानीय पञ्जिकाधिकारी तथा वडासचिव शिवपाल मौर्यले जानकारी दिए ।
गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घरदैलोमै पुगेर घटना दर्ताको विवरण संकलन गरी वितरण गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत डुडुवा गाउँपालिकाद्वारा व्यक्तिगत घटना दर्ता गरिएको हो । गाउँपालिकाको वडा नं. १ होलिया र वार्ड नं. २ बेतहानीमा बुधबारदेखि सुरु गरेको घरदैलो अभियान अन्तर्गत बुधबार करिब ३० जनालाई प्रमाणपत्र वितरण गरिएको छ । शिविरमार्फत् गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरी वडा नंं. १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह र बसाइसराइलगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए ।

Womui
Womui