कैलालीमा आरटीआई सञ्जालः जोशी संयोजक

138

धनगढी– पुष्पराज जोशीको संयोजकत्वमा कैलालीमा सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल (आरटीआई) समिति गठन गरिएको छ । २८ सदस्सीय रहेको समितिको सहसंयोजकमा लिलाधर न्यूरे, सदस्य सचिवमा विजय राना चयन भएका छन् ।

सदस्यमा क्रमशः शंकर बोहरा, नवराज पनेरु, पाण्डव पुजारा, शेर बहादुर शाह, झलनाथ खनाल, बिरेन्द्र शाह, जमुना न्यूरे, ईन्दु केशी, तेज बोहरा, दिनेश बिष्ट, भक्तराज देवकोटा, कामदेब ओझा, हेमराज भट्ट, युवराज न्यौपाने, नवराज खनाल, नरेन्द्र चौधरी, रमित पाण्डे, जय बुढा, लोकुसिह ठकुरी, रसुता जैरु, नारायण प्रसाद जोशी, चन्द्रकला बिक, कृष्ण प्रशाद ओझा, भक्तराज देवकोटा रहेका छन् ।

सूचनाको हकका लागि सञ्जालले सरकारी कार्यालयसहित स्थानीय तहका सबैखाले सूचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई सञ्जालले प्रत्याभूति गर्ने बताइएको छ । सरकारी कार्यालयका प्रचारमुखी सूचना मात्र नभई कार्यालयमा हुने बेतिथि रोक्न सञ्जालले अहम् भूमिका खेल्ने बताइएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल सुदूरपश्चिम संयोजक प्रेम ढुंगानाको संयोजकत्वमा सामाजिक सञ्जाल जूममार्फत् मंगलबार दिउँसो सञ्जाल गठन गरिएको हो ।

Womui
Womui