भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ को मृत्यु

281


काठमाडौं–भारतको गुजरातमा मजदुर सुतिरहेको स्थानमा ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि ट्रक अनियन्त्रित भइ गुडेको थियो । घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । प्रहरीले घाइतेमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको जनाएको छ । एजेन्सी

Womui
Womui