बाँकेमा क्षतविक्षत अवस्था रहेको शव फेला

66

नेपालगन्ज– बाँकेमा क्षतविक्षत अवस्थामा शव फेला परेको छ । नेपालगन्जस्थित कारकाँदो मेरीगोल्ड स्कुलदेखि १०० मिटर पूर्वमा उक्त शव फेला परेको हो । शव जिल्ला स्तरीय नेकपाका नेता डम्बर थापाको छोराको रहेको बुझिएको छ ।  नियोजित तवरले हत्या गरेर शव फालिएको स्थानीयको आशंका रहेको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ । मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापा मगर हुन् । घटनाबारे अनुसन्धान सुरु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

Womui
Womui