युथ स्टारमाथि राजापुरको दब्दबा

50

नेपालगन्ज–बाँकेमा सञ्चालन भइरहेका प्रथम स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा राजापुर क्लब, बर्दियाले युथ स्टार एफसि, नेपालगन्जलाई ४–० ले विजयी भयो । खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको चौथो दिन राजापुरका लागि जर्सी नम्बर २ का राजु थारुले एक गोल गरेका थिए । त्यसैगरी जर्सी नम्बर ११ का थागु थारुले राजापुरका लागि थप दुई गोल गरे । उनले खेलको ५ औं र ८ औं मिनेटमा गोल गरेका थिए । साथै जर्सी नम्बर १३ का निलम थारुले खेलको ५३ औं मिनेटमा राजापुरका लागि थप एक गोल गरे । प्रतियोगिताको पाचौं दिन शुक्रबार दुई खेल हुनेछन् ।

प्रतियोगिताको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब र गुर्वाकोट क्लब खुर्सेतले प्रतिस्प्रधा गर्नेछन् । साथै दोस्रो खेलमा साहारा एफसि लखनउ र चन्दनाथ क्लब जुम्लाबीच प्रतिस्प्रधा हुनेछ । जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

Womui
Womui