सेवा विस्तार गर्दै रेडक्रस

158

नेपालगन्ज—नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखा, बाँकेले आफ्नो सेवा विस्तार गरेको छ । २०७७ असोज १५ गते ९ सदस्यीय तदर्थ समिति गठन गरेर जानकी उपशाखाले आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ । जानकी उपशाखाले बुधबार आफ्नो प्रथम उपशाखा सभा आयोजना गरी आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । उपशाखाले सभामा असोज १५ गतेदेखि पुस २० गतेसम्मको प्रगति विवरणसहित प्रस्तावित कार्ययोजना सार्वजनिक गरेको हो ।

शाखाले हालसम्म संस्था निर्माणका लागि कार्यक्रम संचालन सहज बनाउन पद विभाजनदेखि उपशाखाको भवन निर्माणका लागि विभिन्न वडा र वडाध्यक्षसँग सहकार्य गरिरहेको छ । यसका साथै शाखाले कार्यलय संचालनका लागि आवश्यक पर्ने सामाग्रीको जोहो, २६ जना आजिवन सदस्यता विवरणसहित एक सय १६ जना सदस्य कायम गरिसकेको छ । शाखाले प्रस्तावित कार्यक्रमअनुसार जुनियर रेडक्रस सर्कल गठन, राहत सामाग्री भण्डार र वितरण, सदस्यता विस्तर, रक्तदान उत्पे्ररणा गोष्ठी, विभिन्न उपयोगिमूलक कार्यक्रमको आयोजनालगायतका योजनामा काम गर्ने सभाबाट उल्लेख गरेको छ ।

जानकी उपशाखाले आयोजना गरेको सभाको सभापतित्व जिल्ला कार्यसमितिका उपकोषाध्यक्ष दुखिराम लोनियाले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिका रुपमा रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मा रहेका थिए । साथै कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटीका सभपति गोवर्धनसिंह सम्झना, संविधानसभा सदस्य बादशाह कुर्मी, लक्ष्मीनारायण शाह, विभिन्न वडाका वडाध्यक्ष, पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधिएवम् शिक्षकलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिले बत्ती बालेर कार्यक्रयमको उद्घाटन गरेका थिए । फोटो ः सभामा उपस्थिति अतिथि ।

Womui
Womui