श्याम थापा स्मृति फुटबल प्रतियोगिताः धम्बोझी र साहारा विजयी

136

नेपालगन्ज–पुस खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन धम्बोझी स्पोर्ट्स, नेपालगन्जले जयकिसान स्पोर्टस्, सैनिकलाई ४–० गोल अन्तरले हराएको छ । बुधबार सञ्चालन भएको पहिलो प्रतियोगितामा खेलभर उच्च दबाब राख्दै धम्बोझीले सानदार विजय हासिल गरेको हो ।

धम्बोझीका तर्फबाट ६ नम्बर खेलाडी अनिश पौडेलले २ गोल गरे भने १६ नम्बर र १० नम्बर खेलाडी उद्धव कार्की र शनिल थापामगरले १–१ गोल गरे । त्यसैगरी दोस्रो खेलमा साहारा एकेडेमी, लखनउले सिटी एकेडेमी, कोहलपुरलाई हराएको छ । साहाराले २–० गोल अन्तरले सिटिलाई हराएको हो ।

साहाराका तर्फबाट १६ नम्बर खेलाडी रोहितले १९ औं मिनेटमा पहिलो गोल गरे भने १० नम्बर खेलाडी अरनपले ६६ औं मिनेटमा दोस्रो गोल गरेका थिए । जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए । मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

Womui
Womui