एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य

185


छिनछिन खबर
काठमाडौं–
कानुनमा स्नातक अध्ययन गर्न प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । नेपाल ल क्याम्पसले एलएलबी पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने सूचना जारी गरेको छ । प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ ।

जसअनुसार माघ १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ । ‘एलएलबी तह प्रथम वर्षमा नेपाल ल क्याम्पसका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भई आएकोले उक्त संख्यामा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीलाई भर्ना लिनु भनी निर्देशन बमोजिम प्रवेश परीक्षा फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने सूचनामा उल्लेख छ ।

Womui
Womui