संस्थागत क्षमता विश्लेषण गर्न ३ दिने कार्यशाला

97

नेपालगन्ज–सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले अन्य गैर सरकारी संस्थाहरुको संस्थागत क्षमता लोखाजोखा गर्न सुरु गरेको छ । संस्थाको आन्तरिक तथा बाह्य क्षमता, चुस्त व्यवस्थापन प्रणाली, संस्थालाई चाहिने नियमावली, निर्देशिका र काम कारबाही प्रक्रियालगायतका विषयमा संस्थागत क्षमताको लेखाजोखा गर्न थालिएको हो ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संस्थागत क्षमता तथा व्यवस्थापनका विषयमा नेपालगन्जस्थित दलित महिला संघ बाँकेको क्षमता लेखाजोखा गर्नका लागि मंगलबारदेखि ३ दिने कार्यशाला नेपालगन्जमा सुरु भएको छ ।
कार्यशालामा सुशासन, मानव शंसाधन व्यवस्थापन, वित्तीय व्यवस्थापन, संस्थागत व्यवस्थापन, कार्यक्रम व्यवस्थापन क्षेत्र अन्तर्गत २७ वटा उपखण्डभित्र गहन अध्ययन तथा छलफल गरी स्वःमूल्याङ्कन गरेर मार्किङ गरिने छ ।
छलफलका आधारमा गरिने मार्किङलाई विश्लेषण गरी संस्थामा रहेका विभिन्न कमी कमजोरी, समस्या र सुधार गर्नु पर्ने कुरालाई समेटेर कार्यान्वयनका लागि कार्ययोजना बनाइने छ । कार्यक्रममा आइएचआरसीका राकेशकुमार मिश्र, मानबहादुर चौधरी र प्रतापसिंह थारुले सहजीकरण गरिरहनु भएको छ । कार्यक्रममा संस्थाका कार्यसमिति र सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको छ ।

Womui
Womui