चीनका धनाढ्य ज्याक मा दुई महिनादेखि गायब, कहाँ गए होलान् ?

155


छिनछिन खबर
काठमाडौं–
एसियाकै धनी व्यक्ति अलीबाबा समूहका मालिक ज्याक मा गायब भएपछि उनी यतिबेला कहाँ होलान् भन्ने चर्चा सुरु भएको छ । समाचार एजेन्सीहरूका अनुसार पछिल्लो दुई महिनादेखि ज्याक मा कुनै पनि सार्वजनिक समारोहमा देखा परेका छ्रैनन् । ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ सरकारको आलोचना गरेका थिए ।

दी टेलिग्राफका अनुसार ज्याक माका बारेमा रहस्य तब अझ बढ्यो जब उनी आफ्नै ट्यालेन्स शो दी अफ्रिकाज बिजनेस हिरोजको फाइनल एपिसोडमा पनि देखा परेनन् । ज्याक माका ठाउँमा यो एपियोडमा अलीबाबाका अर्का एक अधिकारीले आफ्नो उपस्थिति जनाएका थिए । अलीबाबाका प्रवक्ताले भने ज्याक मा आफ्नो व्यस्तताका कारण एपिसोडमा भाग लिन नसकेको प्रस्ट पारेका छन् । यद्यपि कार्यक्रमको वेबसाइटबाटै ज्याक माको तस्बिर हटाउनुले रहस्य झनै गहिरिएको छ ।

ज्याक माले गत वर्ष अक्टोबरमा चीनको वित्तीय नियामक तथा सरकारी बैंकहरुको आलोचना गरेका थिए । उनले सरकारलाई त्यस्ता वित्तीय नियम परिवर्तन गर्न आग्रह गरेका थिए, जसले नयाँ कारोबारको प्रयासलाई दबाउने प्रयास गर्छन् । ज्याक माको यस किसिमको आलोचनालाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले आपत्ति जनाएको थियो ।
एजेन्सी

Womui
Womui