कोरोनाले बन्द विद्यालयलगायतका सबै क्षेत्र खुला

138


छिनछिन खबर
काठमाडौं
– सरकारले कोरोना महामारीका कारण चैतदेखि बन्द शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्र लगायत सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले विद्यालय लगायतका सबै क्षेत्र सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो । विद्यालय लगायत सबै क्षेत्र खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । लामो समयदेखि विद्यालयहरु सञ्चालनमा नआउँदा लाखौं बालबालिकाहरु अहिलेसम्म विद्यालय जान पाइरहेका छैनन् ।

सीसीएमसीले गरेको निर्णय अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सीसीएमसीले जनाएको छ । सीसीएमसीको बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री कार्यालयका सचिव गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरु हाललाई खुला गर्ने निर्णय भएको बताए । यी क्षेत्रहरु खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको उनले बताए ।


कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए्नभएको सम्बन्धमा नियमित अनुगमन गरिने गुरागाईले बताए । यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको सीसीएमसीले जनाएको छ ।

Womui
Womui