बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

141

नेपालगन्ज– बाटो क्रस गरिरहेको ट्याक्टरलाई बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ । नेपालगन्ज–कोहलपुर सडकखण्डको सिद्धार्थ भ्यू नजिक रहेको एसके पेट्रोल पम्प नजिक बसले ट्रयाक्टरलाई ठक्कर दिदाँ घटना स्थलमै एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।  नेपालगन्जदेखि कोहलपुरतर्फ गइरहेको ना५ख ५७७३ नम्बरको बसले भे१त५१३४ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

ट्रयाक्टर दायाँ मोड्ने क्रममा पछाडिबाट आएको बसले ट्रयाक्टरको पछिल्लो भाग (ट्रली)मा ठक्कर दिएको थियो । ट्रलीमा ठोक्किएको बस अनियन्त्रित भई अचानक बायाँ मोडिँदा छेउमा रहेको अटोरिक्सा बनाउने पसलेलाई किच्दै सटरमा गएर ठोक्किएको थियो । त्यही पसलका अटोरिसक्सा बनाउने मिस्त्री नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका ३६ वर्षीय विक्रम पासीको मृत्यु भएको हो । दुर्घटनामा बसमा सवार ५ जना, एक जना मोटरसाइकलमा सवार तथा सडक छेउका एकजना गरी ७ जना घाइते भएका छन् ।

Womui
Womui