नर्वेमा भीषण पहिरो, २० जना बेपत्ता, पाँच सय विस्थापित

76


ओस्लो–नर्वेमा पहिरो जाँदा २० जना भन्दा बढी बेपत्ता भएका छन् । घटनामा परी अरु १० जना घाइते भएका छन् भने ५ सय भन्दा बढी विस्थापित भएका अधिकारीहरुले जनाएका छन् । ओस्लो नजिकैको एउटा गाउँमा पहिरो गएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘घटनास्थलका सयौँ घर पहिरोमा पुरिएको पनि अधिकारीहरूले जनाएका छन् । धेरै घरहरू पहिरोले नष्ट गरेको छ, केही पुरिएका छन् भने केही बगाएको छ ।’ घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएका छन् । झण्डै दुई लाख १० हजार बर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो। पहिरोले झण्डै पाँच सय विस्तापित भएका छन् । पहिरोबाट पीडितहरूले प्रहरीलाई फोन गरेर पहिरोले घर बगाएको जानकारी दिएका थिए । पहिरो आउनु, घर बगाउनु नाटक वा सपना जस्तै भएको पीडितहरूको भनाइ छ । एजेन्सी

Womui
Womui