अम्बाको पात सेवन गर्नु भएको छ? यस्ता छन् फाइदा

156


काठमाडौं–हामीले अम्बा खाइरहँदा प्रायः त्यसको पातका कुनै मतलव वास्ता गरेका हुदैनौं । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
यस्ता छन् अम्बाको पातका रस पिएपछि हुने फाइदा–


१ अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजोलाई सफा गर्ने काम गर्दछ ।
२ अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा गर्छ । कपाललाई लामो बनाउन वा छिटो बढाउन अम्बाको पात उपयोगी हुन्छ ।
३ अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ । यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।
४ अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि लागि निकै फाइदाजनक हुन्छ ।
५ अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ ।
५ अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।
६ अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ । एजेन्सी

Womui
Womui