चिनियाँ विज्ञको निष्कर्षः नेपाल राजनीतिक अस्थिरता र अनिश्चयतर्फ जाँदैछ

184

छिनछिन खबर
काठमाडौं
– नेपालको पछिल्लो राजनीति क्रमलाई चीनका एक विज्ञले अनिश्चितता र अनिश्चयतर्फ जाँदै गरेको रूपमा व्याख्या गरेका छन् । छेङदु इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्सका अध्यक्ष लोङ छिङचुनले ग्लोबल टाइम्समा एक् लेख प्रकाशित गर्दै ओली र दाहालले नेतृत्व गरेको समूह दुई कम्युनिष्ट पार्टीमा विभाजन हुनसक्ने उल्लेख गरेका छन् ।

जसले गर्दा नेपालको राजनीति भविश्य र कम्युनिष्ट पार्टीका लागि प्रतिकुल हुने उनको निष्कर्ष छ । प्रतिनिधिसभा भंग गर्ने र मध्यावधि निर्वाचनका जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे अहिलेसम्म चीनले कुनै औपचारिक प्रतिक्रिया भने जनाएको छैन । संसद भंग गर्ने निर्णयले देशमा ठूलो अशान्ति सिर्जना गर्ने उल्लेख गदै निर्वाचन सन् २०२१ मा भएपनि नतिजा एकदमै अनिश्चित हुने उनले उल्लेख गरेका छन् ।

उनले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलले संसदमा आधा सिट ल्याउन नसक्ने प्रक्षेपण समेत गरेका छन् । उनले नेपालमा कुन पार्टीको सरकार आउनुपर्छ भन्नेमा चीनको कुनै छनौट नरहेको तर नेपालमा स्थिर सरकारको पक्षमा रहेको उल्लेख गरेका छन् । नेपालका कुनै पनि दललाई चीनले कुनै प्रकारको दबाब नदिएको, सहयोग नगरेको र कुनै कुरामा बाध्य नपारेको उनको दाबी छ । एजेन्सी

Womui
Womui