त्रिविले हिउँदे बिदा नदिने

49


छिनछिन खबर
काठमाडौं
–त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था रद्ध गरेको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

कक्षा र परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले हिउँदे बिदा नदिइने निर्णय गरिएको जनाइएको छ । कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन भइरहेका छन् । साथै त्रिविले सम्भव भएसम्म भौतिक रूपमा विद्यार्थी उपस्थित गराएरै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई पनि निर्देशन दिएको छ ।

Womui
Womui