भुवर भवानी मन्दिर परिसरमा शिव मन्दिर निर्माण गरिदै

238

(बाँके)राप्तीसोनारी, पुस ७-
बाँकेको चर्चित धार्मिक पर्यटकीय स्थल भुवर भवानी मन्दिर परिसरमा शिव मन्दिर निर्माण गर्न लागिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त स्थानमा मन्दिर निर्माण गर्न लागिएको हो । राप्तीसोनारी गाउँपालिकाको ६ लाख रुपैयाँ बजेटबाट भुवर भवानी मन्दिर ब्यवस्थापन समितिले शिव मन्दिर निर्माणको काम सुरु गरिसकेको छ ।

निर्माणाधिन मन्दिरको निरीक्षण गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु ।

निर्माणाधिन मन्दिरको निरीक्षण गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले निर्धारित समयमै काम सम्पन्न गर्न समितिलाई निर्देशन दिए । मन्दिरका लागि बजेट अभाव हुन नदिइने र मन्दिरलाई अझ आर्कषक बनाउन डिजाईनमा पनि हेरफेर गर्न सकिने बताए । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तुलसीराम थारुले निर्माणको काम निर्धारित समयमै सम्पन्न गरिने बताए । मन्दिर निर्माणका लागि थोरै बजेट अपुग हुने देखिएकाले थप बजेट विनियोजनका लागि उनले गाउँपालिकासँग आग्रह गरे । उक्त मन्दिरको काम सम्पन्न गरेर महाशिवरात्रीको अवसरमा औपचारिक उद्घाटन गर्ने समितिको तयारी छ ।

Womui
Womui