नेपाल एयरलाइन्सले नेपालगन्ज–हुम्ला हवाई भाडा घटायो

220


काठमाडौं–नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगन्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगन्जसम्मको ६ हजार ५९५ रूपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३ सय रूपैयाँ कायम गरेको छ ।

नेपालगन्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण हुम्लाको भाडा घटेको सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिए । नेपाल एयरलाइन्सले नेपालगन्ज–हुम्लामा हप्ताको एक दिन सोमबार उडान भर्दै आएको छ । रासस

Womui
Womui